काठमाडौं, ९ जेठ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ ।
काठमाडौंको बत्तीसपुतलीस्थित एक पाटी प्यालेस प्यालेसमा दिउँसो एक बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै नेताहरूको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल हुनेछ ।
माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिमा एक सय सदस्या खाली राख्ने तयारी पनि गरेको छ । ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने तयारी भएको स्रोतको भनाइ छ ।
बैठकले नेताहरूको वरीयताका विषयमा पनि टुङ्गो लगाउनेछ । वरीयतालाई लिएर शीर्ष नेतृत्वमा विवाद छ ।
एमाओवादीका तर्फबाट महाधिवेशन आयोजक समितमा पूर्वकेन्द्रीय सदस्यहरू स्वतः रहने गरी मापदण्ड बनाइएको छ ।












प्रतिक्रिया