काठमाडौं, ९ जेठ । नेकपा (माओवादी केन्द्र)ले जम्बो महाधिवेशन आयोजक समितिमा एक सय सदस्य खाली राख्ने भएको छ ।
६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने निर्णय भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पार्टी एकता गरेका घटकलाई सांगठनिक संरचनाका आधारमा यसअघि नै सदस्यसंख्या बाँडफाँड गरिएको छ ।
एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीको रामबहादुर थापा बादल समूहले मात्र नाम टुंग्याउन बाँकी छ ।
दुवैका केन्द्रीय सदस्यबाहेक केही नाम थप्न बाँकी रहेकाले बिहीबारको पार्टी एकता घोषणासभामा आयोजक समितिको नाम सार्वजनिक गरिएको थिएन ।
एमाओवादी र क्रान्तिकारी माओवादीका बादल पक्षले आफ्नो भागमा परेका सदस्यको टुंगो लगाउन शनिबार दिनभर आन्तरिक छलफल गरेका थिए ।
दुवै पक्षले आयोजक समितिमा रहने नेताहरूको नाम लगभग टुंगो लगाएका छन् ।
एमाओवादीका तर्फबाट महाधिवेशन आयोजक समितिमा पूर्वकेन्द्रीय सदस्यहरू स्वतः रहने गरी मापदण्ड बनाइएको छ ।
त्यस्ता सदस्य करिब ८० जना थिए । समितिमा बादल पक्षले १९९ सदस्य पाएकोमा १२५ जना एकता प्रक्रियामा सहभागी भएका थिए ।
बादल पक्षले बाँकी ७४ सदस्यको नाम शनिबार टुंगो लगाएको छ ।















प्रतिक्रिया