९ कार्तिक २०८३, सोमबार

अब रामवरण यादवको घर भाडा शीतल निवासले तिर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shital-Niwasकाठमाडौं, ९ जेठ । सरकारले पूर्वराष्ट्रपतिको घरभाडा, पानी र बिजुलीको बिल तिर्ने जिम्मेवारी राष्ट्रपति कार्यालयलाई दिएको छ ।

गत २६ चैतमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिको यस्तो महसुल तिर्न राष्ट्रपति कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको राजधानी दैनिकले समाचार छापेको छ ।

सरकारले राष्ट्रपति कार्यालयजस्तो सम्मानीत निकायलाई पूर्वराष्ट्रपतिले प्रयोग गरेको सुविधाको भाडा तिर्नेजस्तो काम लगाएको छ ।

यसको लागि अर्थमन्त्रालयले राष्ट्रपतिको कार्यालयलाई रकम निकासा दिने तर राष्ट्रपति कार्यालयले यस्तो पैसा सम्बन्धित निकायबाट लगेर बुझाउनुपर्ने भएको छ ।

पूर्वराष्ट्रपति डा रामवरण यादवले हाल प्रयोग गर्दै आएको निवासको भाडा विद्युत तथा खानेपानीको महसुल भुक्तानीको अर्को व्यवस्था नभएसम्मका लािग राष्ट्रपतिको कार्यालयले मिलाउने, सोको लागि आवश्यक रकम अर्थ मन्त्रालयले राष्ट्रपति कार्यालयलार्य निकासा दिने निर्णय छ ।