२५ कार्तिक २०८३, बुधबार

भारतीय मिडियामा बाबुराम एकाएक हेडलाइन्ः भारत र चीनलाई उक्साएको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam

काठमाडौं, ८ जेठ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एकाएक भारतीय मिडियाको हेडलाइन बनेका छन् ।

नेपालको ओली सरकार भारत र चीनबीच छन्द युद्ध सुरु गराउने प्रयास गरिरहेको आरोप लगाएर बाबुराम भारतीय मिडियाको हेडलाइन बनेका हुन् । हेडलाइनमा भनिएको छ- ‘नेपाल के इस बड़े नेता ने लगाया भारत–चीन को उकसाने का आरोप’

भारतीय टिभी च्यानल न्यूज २४ अनलाइनले ओली सरकारले भारत र चीनलाई उक्साइरहेको आरोप बाबुरामले लगाएको खबर छापेको छ ।

समाचारमा बाबुरामले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेपालको विकास गर्नुको सट्टा मानिसको ध्यान भड्काउने प्रयास गरिरहेको बताएको उल्लेख छ । यो समाचारमा नेपालमा भारतविरोधी भावना बढेकोमा बाबुरामले चिन्ता जनाउँदै भारत र चीन प्रतिस्पर्धी देश भएकाले बीचको नेपालले फाइदा लिनुपर्ने सुझाव दिएका छन् ।

यस्तै, भारतको संस्थापन पक्षीय पत्रिका नवभारत टाइम्सले ‘भारत, चीन को एक–दूसरे के खिलाफ भड्काकर तबाही को न्योता दे रहा है नेपालः भट्टराई’ शीर्षकमा समाचार छापेको छ ।

baburam-newsbaburam-news-1