२५ कार्तिक २०८३, बुधबार

पुनर्निर्माण प्राधिकरणद्धारा २३४ विद्यालय र २७ स्वस्थ्यचौकी पुनर्निर्माणको प्रस्ताव स्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-punarnirman

काठमाडौं, ८ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका विद्यालय भवन, स्वास्थ्य चौकी तथा भवन निर्माणका लागि विभिन्न संस्थाबाट पेश भएका परियोजना प्रस्तावहरुलाई गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि, २०७२ अनुसार स्वीकृत गरेको छ ।

कार्यविधिको दफा ९ को उपदफा (६) अनुसार प्रस्तावित परियोजना प्रस्ताव छनौटका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरे बमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

सम्बधित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणकाबीच त्रिपक्षीय सम्झौतामा हुने कानूनी व्यवस्था रहेको छ ।

स्वीकृत परियोजनामा २ सय ३४ वटा विद्यालय निर्माणका लागि १ अर्ब, ७२ करोड, ६७ लाख ३६ हजार ६ सय १० रुपैयाँ प्रस्ताव गरिएको छ ।

यस्तै, २७ वटा स्वस्थ्य चौकी तथा भवन निर्माणका लागि ३९ करोड ३२ लाख ८१ हजार ३ सय २६ रुपैयाँ प्रस्ताव गरिएको छ ।

स्वीकृत गरिएका परियोजना सञ्चालन गर्ने संस्था, सञ्चालन हुने जिल्ला, संख्या र बजेटमा अब क्यारिटास स्वीटजरल्याण्डले सिन्धुपाल्चोकमा ३४ वटा विद्यालय पुनर्निर्माण गर्ने भएको छ भने युएमएनले धादिङमा ३३ वटा विद्यालय बनाउनेछ ।

यसैगरी सहयोगी हातहरुको समूहले ओखलढुंगमा १८, एस्थर बेञ्जामिनले कमवानपुरमा २२, ग्रामीण सुधार समाजले सिन्धुपाल्चोकमा १३, हेल्प इभीले १२ र इको हिमालले सोलुखुम्बुमा ११ वटा विद्यालय पुनर्निमाणका लागि अनुमति पाएका छन् ।

अब सम्बधित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएर काम अघि बढ्ने छ ।