२५ कार्तिक २०८३, बुधबार

राष्ट्रसंघको हेडक्वार्टरमा पनि मनाइयो बुद्ध जयन्ती, विशेष समारोह नेपालका…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UN-Headquarter

काठमाडौँ, ८ जेठ । बुद्धजयन्तीको अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा शनिबार एक विशेष समारोह आयोजना गरिएको छ ।

त्यस अवरसमा महासचिव बानकी मुन, महासभाका कार्यबाहक अध्यक्षका साथै बङ्गलादेश, भुटान, क्याम्बोडिया, भारत, इण्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यान्मा, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुसी महासङ्घ, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले मन्तव्य व्यक्त गरेको थियो ।

भेसाक दिवसका रुपमासमेत मनाइएको बुद्धजयन्ती समारोहमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि एवम् राजदूत दुर्गाप्रसाद भट्टराईले अहिंसा र मध्यमार्गजस्ता बुद्धका उपदेशले दुई शताब्दीदेखि मानव समाजलाई मार्गदर्शन गराएको बताए ।

अहिंसा, करुणा र सहनशीलताजस्ता बुद्धका उपदेशलाई सबैले सम्झनुपर्नेमा राजदूत भट्टराईले जोड दिएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ । उहाँले मानव दुःख र कष्टलाई अन्त्य गर्ने बौद्ध उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि बताए ।

त्यसअघि आजै बौद्धभिक्षुलाई भोजन दान गरिएको थियो । श्रीलङ्काली स्थायी नियोगले आयोजना गरेको भोजन दान कार्यक्रममा नेपाली स्थायी नियागका पदाधिकारीले त्यहाँ एकत्रित भएका बौद्धभिक्षुलाई नेपाली भोजन गराएका उक्त नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस