२५ कार्तिक २०८३, बुधबार

उपेन्द्र यादवलाई फेरि लाग्यो ठूलो झट्का(प्रमाणसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajinamaकाठमाडौं, ८ जेठ । उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यसहित दर्जन नेताहरूले पदबाट राजीनामा दिएका छन् ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय तथा मधेसी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष पल्टन ठाकुरसहितका दर्जन बढी नेताहरूले आज नयाँबानेश्वरमा पत्रकार सम्मेलन गरी सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।

संघीय समाजवादी फोरम नेपाल छाड्नेमा पल्टन ठाकुरका साथै केन्द्रीय विभाग सदस्य अशोककुमार यादव, रोजगारी तथा श्रम विभागका सदस्य मधुमाया यादव, संघीय समाजवादी फोरम महिला सचिव डा.रीना यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका विनोद विश्वकर्मा, नेपाल बौद्धिक पेशाकर्मी महासंघका सदस्य सुरेश गुप्ता रहेका छन् ।

संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका उनीहरूसबै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गरेका जनाएका छन् । उनीहरूलाई अध्यक्ष महतोले टीका तथा सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन् ।

संघीय समाजवादी फोरम नेपालसँग आबद्धता रहेको मधेसी ट्रेड युनियन महासंघ नेपालले आजैका मितिदेखि सद्भावना पार्टीमा प्रवेश गरेको भन्दै उपेन्द्र यादवसँग कुनै राजनीतिक संलग्नता नरहेको अध्यक्ष पल्टन ठाकुरले बताउनुभयो ।

मधेसी ट्रेड युनियन महासंघमा विभिन्न १५ वटा मजुर संगठनहरू आबद्ध रहेको भन्दै अध्यक्ष ठाकुरले महासंघमा रहेका १ लाख ६५ हजार सदस्यहरू सद्भावना पार्टीमा आवद्ध रहेको दाबी गर्नुभयो ।

Madheshi Tread