२५ कार्तिक २०८३, बुधबार

संविधान कार्यान्वयन नभए मुलुक थप संकटतर्फ जाने प्रकाशमानको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman-sing
काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नयाँ संविधान कार्यान्वयन हुन नसके मुलुक थप संकटतर्फ जाने चेतावनी दिएका छन् ।

शनिबार नेपाली कांग्रेस क्षेत्र नं २ शंखरापुर नगर समितिले साखुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले समय अत्यन्तै कम रहेकाले बाँकी अवधिलाई अधिकतम उपयोग गर्दै आवश्यक ऐन कानुन निर्माण गरि आगामी २०७४ माघ ७ भित्रै संविधान कार्यान्वयनमा जान नसके मुलुक थप संकटतर्फ जाने बताए ।

Prakashman-sing-1

उनले भने- ‘समय कम छ । संविधान कार्यान्वयन भएन भने देशमा थप संकट आइलाग्छ । त्यही भएर सबै पक्ष जिम्मेवार बन्नुपर्छ । म सबै दलहरुलाइ अपिल गर्दछु ।’

कांग्रेसको जोड संविधान कार्यान्वयन नै भएको भन्दै नेता सिंहले सरकार जिम्मेवार बन्न नसकेकाले मुलुकमा दिनदिनै राजनीतिक संकट बढ्दै गएकोप्रति चिन्ता जनाए ।