२५ कार्तिक २०८३, बुधबार

बुद्धको उपदेशहरू विश्वमै लोकप्रिय छ : प्रधानमन्त्री ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी ओलीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको बताउनुभएको छ ।

२५६०औँ बुद्ध जयन्तीका अबसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको बताउनुभएको छ ।

‘बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले नै उहाँका विचारहरू विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्’, ओलीले भन्नुभएको छ, ‘गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामीले गर्व गर्न सक्छौं ।’

प्रधानमन्त्री ओलीले गौतम बुद्धले दिनु भएका मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा मानव कल्याण प्राप्त हुने बताउनुभएको छ ।

‘आजको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसाथ गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गर्दछु’, उहाँले सन्देशमा भन्नुभएको छ ।