१ कार्तिक २०८३, आइतबार

ऐश्वर्याको पर्पल लिपिस्टिकमा के छ त्यस्तो ? जसको चर्चा छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aishwarya_rai_bachchan_549x549_gettyमुम्बई । ‘कान फिल्म फेस्टिभल’मा आफ्नो ‘पर्पल लिपिस्टिक लुक’लाई ऐश्वर्या राय बच्चनले बचाउ गरेकी छिन् । उनले आफूलाई पर्पल लिपिस्टिक लुक सुहाउने गरेको बताएकी छिन् ।

ऐश्वर्या रायको यो नयाँ लुकलाई कसैले राम्रो भनेका छन् भने कसैले विरोध गरेका छन् । एश्वर्याको पर्पल लिपिस्टिक लुकलाई लिएर सामाजिक सञ्जालमा अहिले पनि चर्चा भइरहेको छ ।

‘सरबजीत’को प्रमोशनमा व्यस्त ऐश्वर्याले बीबीसीसँग भनेकी छिन्, ‘म जुन कम्पनीको ब्रान्ड एम्बेसडर हुँ उसैले मेरो ड्रेसदेखि मेकअपसम्म सबै तय गर्छ । पर्पल फिपिस्टिक लगाउने विषय मेरो फैसला होइन ।’

पाकिस्तानमा कैदी जीवन विताइ रहेका भारतीय नागरिक सरबजीतको जीवनमा आधारित यो फिल्म ‘सरबजीत’मा ऐश्वर्याले उनको बहिनी दलबीर कौरको अभिनयमा छिन् ।

फिल्मका विषयमा ऐश्वर्याले भनिन्, ‘मेरो फिल्मी करियर मा म दोस्रो पटक रियल लाइफ निभाउँदैछु ।’