८ कार्तिक २०८३, आइतबार

राजनीतिक गतिविधिमा संलग्न रहे देशनिकाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesi-morchaकाठमाडौं, ८ जेठ । बेलायतले नेपालमा भइरहेका राजनीतिक गतिविधिमा सहभागी नहुन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

बेलायती विदेश मन्त्रालयले हालै अद्यावधिक गरेको ‘ट्राभल एड्भाइसु मा आफ्ना नागरिकलाई नेपालमा भइरहेका राजनीतिक गतिबिधीमा सहभागी नहुन र भएको खण्डमा नेपालको कानुन अनुशार दण्डित गर्दै देश निकाला गर्न सक्ने भन्दै सचेत गराइएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

बेलायती विदेश मन्त्रालय ‘फरेन एन्ड कमन वेल्थु ले नेपालमा हुने प्रदर्शनहरुबाट टाढा रहन नेपाल भ्रमणमा जाने बेलायती पर्यटकलाई आग्रह गरेको हो ।

मधेशी दलहरुको काठमाडौं केन्दित्र आन्दोलनका क्रममा चार जना बेलायती नागरिक संलग्न भएको भेटिएको थियो ।