२५ कार्तिक २०८३, बुधबार

धार्मिक, क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्छः विप्लव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-Biplav

काठमाडौँ, ७ जेठ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहिद तथा बेपत्ता परिवार र द्वन्द्वकालका घाइते र अपाङ्गता भएकाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभएको छ ।

बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा पार्टीद्वारा यहाँ आज आयोजित जनसभालाई सम्बोधन गर्दै सहिद परिवारको सपना पूरा गर्नाको सट्टा सरकारले जनयुद्धका घटनालाई ब्युँताएर सहमति तोड्ने काम गरेको आरोप लगाउनुभयो ।

धार्मिक विवादसँगै क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्ने उहाँको भनाइ छ । माओवादी वा जो कोहीसँग राष्ट्रिय वा अन्य विषयमा कार्यगत एकता हुनसक्ने उहाँले बताउनुभयो ।

पार्टीका नेता खड्कबहादुर विश्वकर्माले वैदेशिक हस्तक्षेप र भ्रष्टाचारका विरुद्ध तथा जनजीवनका पक्षमा जनप्रदर्शनको आयोजना गरिएको बताउनुभयो । रासस