काठमाडौं, ७ जेठ । सरकारले सबै प्रकारका खानीजन्य पदार्थको उत्खनन र उपयोगका लागि अधिकतम तिव्रताका साथ काम भइरहेको दाबी गरेको छ ।
तीन बर्षभित्र सबै प्रकारका बहुमूल्य रत्न पत्थर तथा खानीजन्य पदार्थको अन्वेषण गरी उत्खननमा लाग्ने सरकारको दाबी छ ।
शुक्रबारदेखि राजधानीमा सुरु जेम्स एन्ड ज्वेलरी एक्सपो उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सो कुराको दाबी गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘प्राकृतिक हिसाबले आफूहरु धनि रहेको र धन पनि भएको पत्ता लागिसकेकाले अब त्यसलाई अधिकतम उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाललाई प्रकृतिले खानी, जलस्रोत, उर्बर जमिन दिएको भन्दै उनले अहिलेसम्म रोकिएका विकासका काममा सरकार अग्रसर रहेको बताए ।
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपालमै रहेको बहुमूल्य पत्थर माटोको मूल्यमा निर्यात भइरहेको भन्दै अब प्रशोधन गरी बढीभन्दा बढी मूल्यमा बिक्री गर्ने बताए ।













प्रतिक्रिया