दाङ, ७ जेठ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म र जातिका आधारमा राजनीति नगर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उहाँले धर्मको विषयमा जनताले जे चाहन्छन् भविष्यमा त्यही हुने बताउनुभयो । ‘अहिले नै धर्मको कुरा उछालेर कांग्रेसद्वन्द्व सृजना गर्न चाहँदैन’, उहाँले भन्नुभयो ।
महामन्त्री कोइरालाले आफूले चाहेको व्यवस्था लागू गर्नका लागि कुनै पनि पार्टीको स्पष्ट बहुमत चाहिने भन्दै अहिले कांग्रेसलाई त्यो म्यान्डेट जनताले नदिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यसको बागडोर तपाइँको हातमा भएन भने त्यो अपहरण हुन्छ, हाइज्याक हुन्छ । हो ८० प्रतिशत जनता हिन्दुवादी छन् । जनताले जे चाहान्छन् त्यही हुन्छ ।’
अहिलेको अवस्थामा जुन संविधान आएको छ त्यो अत्यन्तै राम्रो रहेको उल्लेख कोइरालाले नयाँ संविधानले हरेक धर्मलाई समान स्थान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी समाजवादी हो । धर्म र जातिको आधारमा राजनीति गर्नु हुँदैन । यसमा पूर्ण विराम आवश्यक छ ।’
महामन्त्री कोइरालाले कांग्रेसले आफ्नो चारतारे झण्डामा एउटा तारा धार्मिक स्वतन्त्रताको लागि दिएको बताउनुभयो ।















प्रतिक्रिया