कालिकोट, ७ जेठ । कालिकोट जिल्लामा बिहीबार साँझ ४ बजेदेखि परेको अविरल वर्षाका कारण कोटवाडा गाविसमा पर्ने गेज बजार र लालीघाट बजारमा आएको बाढीले मानवीय क्षति हुनुका साथै करोडौंको धनमालको क्षति गरेको छ ।
कोटबाडाको खहरे खोलामा आएको बाढीले गेज बजारका ५० बढी पसहलहरू बगाएको छ । बाढी पहिरोमा परेर ४ जना बेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्युना गाविस २ का ५० वर्षीया धनमती टमट्टा, स्यूना ५ का ३० वर्षीय हीरा तिरुवा, धौलागोह गाबिस ९ की २५ वर्षीया लक्षु भण्डारी रहेका छन् ।
बाढीमा परेर स्यूना २ का ५० वर्षीय सञ्जिते टमट्टा, थीर्पु ५ की टक्क बमकी छोरी ६ वर्षीया श्रीष्टा बम, रकु २ का ५० वर्षीय मणि सुबेदी, बाजुरा गोत्री १ का अज सार्कीका ४ महिनाकी छोरा बेपत्ता रहेको जनाइएको छ ।
बाढीले थुप्रै सर्वसाधारण घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार हुँदैछ ।
विगत लामो समयदेखि खडेरी परीरहेका बेला एक्कासि आएको वर्षाले कालिकोट जिल्लामो ठूलो क्षति पुगाएको हो । उद्धारका लागि प्रहरी बिहीबार रातिनै पुगेको छ ।
कर्णाली करिडोरको प्रमुख ब्यपारिक केन्द्र लालीघाटस्थित गेज बजारमा आएको बाढीले के कति क्षति गरेको हो पूर्ण विवरण आउन सकेको छैन ।















प्रतिक्रिया