१ कार्तिक २०८३, आइतबार

४० हजार दर्शकद्वारा महोत्सव अवलोकन, १ करोड कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kapilvastu-Jestha-6-Buddha-– शम्भू माली

कपिलवस्तु, ७ जेठ । कपिलवस्तुको पकडी गाबिस १ पकडीमा बिद्यालयको शैक्षिक सुधारका लागि वैशाख ३० बाट आयोजित प्रथम बुद्ध दर्शन कृषि तथा संस्कृति पर्यटन महोत्सव २०७३ मा हालसम्म ४० हजार बढी दर्शकले अवलोकन गरेको जनाइएको छ ।

महोत्सवमा १ करोड बढीको कारोबार भएको आयोजकले बताएका छन् । “कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, कृषि, पर्यटन, साँस्कृतिक बिकास र शैक्षिक सुधार” भन्ने मूल नाराका महोत्सव आयोजना गरिएको हो ।

श्री छत्रपाली तीर्थादेबी उच्च माबि पकडीमा स्नातक तह सञ्चालनका लागि सहयोग जुटाउन आयोजित महात्सवले जिल्लाको कृषि, साँस्कृतिक संरक्षण, पर्यटन बिकास र बिद्यालयको स्तरोन्नतिमा सहयोग पुगाउने जनाइएको छ ।

महोत्सवको आकर्षणको रुपमा लुम्बिनी र कपिलवस्तुका ८–८ बुद्धस्थलको झल्को दिने गरी बुद्धपरिपथ निर्माण, बाल उद्धान, मौतका कुवा, झुला लगायत रहेको छ ।