२५ कार्तिक २०८३, बुधबार

बुद्ध जयन्तीको तयारी पूरा, शनिबार भव्य कार्यक्रम(तस्बिरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbini– प्रकाश न्यौपाने

लुम्बिनी, ७ जेठ । २५६० औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा सरसफाई, रंगरोगन गर्ने लगायतका कामहरू लगभग सकिएको र बुद्धजयन्ती मनाउनका लागि र लुम्बिनीमा पाहुनाहरूको स्वगत गर्नका लागि लुम्बिनी विकास कोष तयार रहेको कोषका सदस्य सचिव अजितमान तमाङले बताए ।

बुद्ध जयन्ती मनाउनका लागि गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई चारै तिरबाट सिगांरिएको छ । लुम्बिनी परिसरमा रहेको विभिन्न गुम्बाहरू सजाइएको छ । मायादेवी मन्दिरलाई दुलहीझई सिगँंरिएको छ ।

काठमाडौंमा चलिरहेको २ दिने बौद्ध सम्मेलनको समापन भएपछि जेठ ८ गते लुम्बिनीमा बुद्ध जयन्ती मनाइनेछ ।

कुटिनीतिक नियोगका प्रमुखहरू, विभिन्न मुलुकका राजदूतहरू, संघसस्था लगायतका पहुनाहरू बिहीबार काठमाडौं बौद्ध सम्मेलन समापन भएसँगै लुम्बिनी आइपुग्ने लुम्बिनी विकास कोषले बताएको छ ।

कोषका सदस्य सचिव तमाङका अनुसार भारतीय राजदूत रञ्जित रे, चीन, थाइल्यण्ड, श्रीलंका, वर्मा, जापान, कोरियाका गरी ७ देशका राजदूतहरू बुद्ध जयन्तीमा सहभागी हुने तय भइसकेको छ भने पाकिस्तान र बगंलादेशका संस्कृति मन्त्री आउन सक्ने सम्भावना छ ।
बुद्ध जयन्तीका लागि प्रमुख अतिथीको रूपमा राष्ट्रपति आउने तय भएको कोषका सदस्य सचिव तमाङले बताए ।

यस पटकको बुद्ध जयन्तीले बृहत्तर लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा चर्चा हुने सम्भावना रहेको र यसले विश्वका सवा अर्ब बौद्धिष्ट धर्मालवम्बीहरूलाई लुम्बिनी निम्त्याउन सक्ने उनको विश्वास छ । बुद्धजयन्तीलाई मध्येनजर जिल्ला प्रशसान कार्यालय रूपन्देहीले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रधानमन्त्री संयोजकत्वमा नेपाल सरकार आफैले पहिलो पटक बुद्ध जयन्ती मनाउनका लागेको हो । यसअघि लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको आयोजना गर्दै आएको थियो ।

IMG_2515

IMG_4744

IMG_4745

IMG_4756