८ कार्तिक २०८३, आइतबार

तेलको पैसाबाट ९० करोड बोनस खाँदै कर्मचारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Oil_corporationकाठमाडौं, ७ जेठ । नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् ।

निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टानु पर्छ । गत आार्थिक वर्षमा निगमलेको वासलातमा बोनस शीर्षकमा ९० करोड छुट्टाएको हो ।

निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्त गरेपछि बोनस बाँड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ ।

निगमको १५ दिनको नाफा ४० देखि ६० करोडसम्म हुन्छ ।