१ कार्तिक २०८३, आइतबार

कालिकोटमा भीषण वर्षा, बाढीले बगाएर चार जनको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– पुष्पराज भट्टराई

कालिकोट, ७ जेठ । कालिकोट जिल्लामा भएको भीषण वर्षासँगै आएको बाढीले ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बिहीबार साँझ ४ बजेदेखि परेको अविरल वर्षाका कारण जिल्लाको कोटवाडा गाविसमा पर्ने गेजबजार र लालीघाट बजारमा आएको बाढीले मानवीय क्षतिका साथै करोडौं धनमाल क्षति गरेको छ ।

विगत लामो समयदेखि परेको खडेरी परीरहेका बेला एक्कासि भएको वर्षाले ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेलाई कालिकोटस्थिति जिल्ला अस्पताल ल्याइएको छ । केही वेपत्ता रहेका छन् ।

एक्कासि ठूलो मात्रामा परेको अविरल वर्षापछि आएको बाढीमा ५० करोडभन्दा माथिको क्षति भएको जनाइएको छ । वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति भएको एमआरएस अडर सप्लायर्सका सञ्चालक हंश शाहीले बताउनुभयो ।

रातिको समय बजारको दायाँ र बाँया आएको बाढी छल्न भागेर जान पनि नसकिएर आफू दोधारमा परेको उहाँले बताउनुभयो । विगत केही वर्ष यता यस्तो बाढी नआएको र एक्कासि आउला भन्ने पनि कुनै थाहा नपाएको व्यापारीहरूले बताएका छन् ।

‘बाहिर गड्याङगुडुङ भयो आफूले पानी परेको भनेर केही वास्ता नगरेको र पछि सबै बाहिर चिच्याएको सुनेर उठेर बाहिर जाँदा बाढीले पसल बगाइरहेको देखियो’, गेजबजारमा व्यापार गर्दैै आउनुभएका कोटवाडाका नेत्र विष्टले भन्नुभयो ।

गत बिहीबार कालिकोट र दैलेख जिल्लाको सिमाना दैखोलामा आएको बाढीले एक जनाको मृत्यु भएको थियो भने डेढ करोडभन्दा माथिको क्षति भएको थियो । १ हप्ता नवित्दै कालिकोटमा पनि बाढी आएको छ ।