१ कार्तिक २०८३, आइतबार

बाराका आयल निगमहरुमा समेत मूल्यसुची छैन्, प्रशासन मौन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol– श्रीकान्ता कुमार गुप्ता
बारा, ६ जेठ । बाराका अधिकांश आयल निगमहरुमा मूल्य सुची नराखिएको पाइएको छ ।

केहिमा भएपछि स्पष्टसँग देखिने खालको छैन् । जिल्ला प्रशासन कार्यालय भित्र रहेको बजार निरीक्षण समिति निष्क्रिय भएको हुनाले जिल्ला भित्री अधिकांश आयल निगमहरुमा मूल्य सुची राखिएको छैन् । दैनिक उपयोग पेट्रोल, डिजेल, मट्टीतेल, बिक्री हुने खुद्रा तथा थोक बिक्रेता लगाएत अन्य आयल निगहरुमा मूल्यसुची छैन । केहीमा छ भने तेलको मुल्य उलेख नगरी मात्र बिवरण उल्लेख छ ।

मूल्य थाहा नभई उपभोक्तहरुले आयल निगममा दैनिक उपयोग हुने मट्टीतेल, डिजेल, पेट्रोल एक सय दुई सय पाँच सय, सात सय र एक हजार रुपैया गरी तेल खरिद गर्दा उपभोक्ताहरु मर्कामा परिरहेको उपभोक्ता राजकुमार प्रसाद बताए ।

महा गढीमाई नगरपालिका कोलभी नगरपालिका सिमौनगढ नगरपालिका त्यस्तै गरी सिमरा नगरपालिका गढीमाई नगरपालिका र निजगर नगरपालिका यी नगरपालिक भित्रि रहेका आयल निगमहरुमा र जिल्लाको अन्य ठाउँमा रहेका आयल निगमहरुमा मूल्यसुची बिना तेल ब्यवसायीकहरुले पेट्रोल पम्प सञ्चाल गरिएको छ ।

नेपालको नयाँ सविधानमा उपभोक्ता संरक्षण एन २०५४ मा आयल निगममा अनिवार्य रुपले तेलको किसिमको मूल्यसुचि राख्नु पर्ने प्रवधान गरिएको छ । तर प्रवधानलाई अटेर गर्दै यहांका आयल निगम ब्यवसायीकहरु मुल्यसुची राख्नबाट पन्छिरहेको छ ।

बारामा बजार अनुगमन र मुल्यसुचीको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगनाले केही प्रक्रिया नदिकन यसपछि नयाँ समिति चयन गरी बजार अनुगमन हुने बताए ।

आयल निगम ब्यवसायीहरुले मौकाको फाइदा उठाउदै दैनिक उपयोग हुने तेल पदार्थहरुमा मनमानी मूल्य थपी बिक्री गरिरहेको उपभोक्त मुकेश प्रसादले जनाउनु भएको छा दैनिक उपयोग तेल पदार्थको माग बढी हुन्छा मुल्यसुची भए उपभोगताहरु ठगिनबाट बन्चित हुन्थे उनले भने, उपभोक्तको संरक्षण एनमा पटक पटक हेर्दा मुल्यसुची नराखेको ब्यवसायीक माथी अदालतमा मुदा दयारा गर्ने प्रवधान छ ।

बारामा हाल सम्म यसको आधारमा कुनै पनि आयल निगम ब्यवसायक माथि मुद्दा दयारा वा करवाही भएको छैन हरेक जिल्ला प्रशासन कार्यालयमा उपभोक्ताको सरक्षण समितिको ब्यवस्था गरिएको छ ।