२५ कार्तिक २०८३, बुधबार

पार्टी एकतालगत्तै प्रचण्डका नाममा सीके राउतको गज्जबको ट्वीट !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ck-Rawat

काठमाडौं, ६ जेठ । पृथकतावादी मधेसी अभियन्ता सीके राउतले विभाजित माओवादीहरुबीच एकता भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाममा गज्जबको ट्वीट गरेका छन् ।

उनले प्रचण्डलाई अद्धितीय क्षमता भएको नेता भन्दै प्रशंसा गरेका छन् । उनले सार्वजनिक रुपमै प्रचण्डलाई प्रशंसा गरेको यो पहिलोपटक हो ।

आजै विभाजित माओवादीहरुबीच एकता भएको थियो । एकतापछि बनेको नेकपा माओवादी केन्द्र नामको नयाँ पार्टीको अध्यक्षमा भने प्रचण्ड नै बनेका छन् ।

प्रचण्डलाई सम्बोधन गर्दै राउतले ट्वीट गरेका छन्– ‘प्रचण्डजीको अद्भूत चमात्कारिक नेगोशिएशन स्कीलले यो पहिलो पटक इम्प्रेस भएको हैन् म! जस्तोलाई पनि एकठाउँमा ल्याईदिने! अद्धितीय ।’

तराईमा स्वतन्त्र मधेस अभियान चलाइरहेका राउत बेला बेला पक्राउ तथा विवादमा पर्दै आएका छन् ।