२५ कार्तिक २०८३, बुधबार

दुई वर्षभित्र नेपालमै पेट्रोलः प्रधानमन्त्री ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रेस चौतारी नेपालको महाधिवेशन उदघाटन प्रधानमन्त्री केपी ओली ।
प्रेस चौतारी नेपालको महाधिवेशन उदघाटन प्रधानमन्त्री केपी ओली ।

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन हुने बताउनुभएको छ ।

विहीबार प्रेस चौतारी नेपालको आठौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दैलेख र मोरङको वयरवनबाट उत्खनन सुरु भइसकेको भन्दै दुई वर्षभित्र नेपालले पेट्रेलियम पदार्थ निकाल्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘भारत र चीनको हैन, अबको दुई बर्षमा नेपालमै पेट्रोल उत्पादन हुन्छ । हाम्रा सवारी साधनमा नेपाली पेट्रोल हुनेछ ।’

प्रधानमन्त्री ओलीले नेपालमा पानी जहाज कानून २०२७ सालमै बनेको प्रसंग निकाल्दै भूपरिवेष्ठित देशले पाउने सामुद्रीक अधिकारी प्रयोग गरेर अब नेपालले पानी जहाज चलाएरै छाड्ने स्पष्ट पार्नुभयो । ‘मैले बोलेका काम पूरा गर्न नसके म आफै जिम्मेवार हुनेछु । तर, पानी जहाज चलाउँछु चलाउँछु ।’