८ कार्तिक २०८३, आइतबार

देउवाले आफै खोले प्रचण्डको पोल- ‘प्रचण्डले प्रधानमन्त्री बनाइदिनुस् भने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Prachandaकाठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनमा सत्ताको मुख्य घटक एकीकृत नेकपा माओवादी आफै अघि बढेर पछि हटेको बताएका छन् ।

देउवाले सत्तामा रहेको दलले सरकार गिराउनु पर्‍यो भनेर प्रस्ताव गरेपछि प्रतिपक्ष दलको हैसियतमा आफूले समर्थन गरेका बताए ।

‘प्रचण्डजीले प्रधानमन्त्री बन्न चाहन्छु, सहयोग गर्नुपर्यो भन्नुभयो ’ देउवाले भने, ‘उहाँले त्यस्तो प्रस्ताव राखेपछि कांग्रेसले सहयोग गर्छ भनेको हो । तर एमाओवादी आफै पछि हट्यो । यसमा हामीलाई केही भएको छैन । एमाओवादीले नै सुर गर्‍यो, आफैं पछि हटिदियो ।’ अन्नपूर्ण पोस्टलाई दिएको अन्तर्वामा उनले भने ।