२५ कार्तिक २०८३, बुधबार

प्रेस चौतारीको आठौँ महाधिवेशन सुरू हुँदै, प्रधानमन्त्रीले उदघाटन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli Pm Umlकाठमाडौं, ६ जेठ । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको आठौँ महाधिवेशन आजबाट राजधानीमा सुरू हुँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशनको एमाले अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको सम्मेलन आयोजक समितिले जनाएको छ ।

सम्मेलनमा देशभरिबाट ७ सय १५ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । महाधिवेशन तीन दिन चल्नेछ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि दुई समूह मैदानमा उत्रिएका छन् । संस्थापनबाट अध्यक्षमा गणेश बस्ने र महासचिवमा गणेश पाण्डे तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट अध्यक्षमा माधव नेपाल तथा महासचिवमा राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यद्यपि, प्रेस चौतारीको नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास पनि भइरहेको छ । सहमति भइ नसकेपनि सहमति गराउने पक्षमा नेतृत्व देखिएको स्रोतको भनाइ छ ।