२५ कार्तिक २०८३, बुधबार

‘विप्लव’ माओवादीद्वारा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, यस्तो छ तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-Biplavकाठमाडौं, ६ जेठ । माओवादी पार्टीहरू बिहीबार एकीकरण गर्ने तयारी गरिरहेका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।

लामो समय ठूला प्रदर्शन नगरेको ‘विप्लव’ माओवादीले शुक्रबार खुला मञ्चमा वीस हजारभन्दा बढी कार्यकर्ता उतार्दैछ । खुलामञ्चमा हुने आमसभालाई महासचिव ‘विप्लव’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादीका नेता तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिनुभयो ।

‘पार्टीको भावी रणनीति, संगठन, भ्रष्टाचार, भूकम्पपीडितका नाममा भएको अनियमितता, नाकाबन्दी पछि मौलाएको कालोबजारी आदिलाई समेटेर महासचिवले सम्बोधन गर्नु हुनेछ’, उहाँले भन्नुभयो, ‘खुला मञ्चको विशेष आमसभाका लागि सबै तयारी पूरा भएको छ ।

‘विप्लव’ माओवादीले शुक्रबार दिउँसो १ बजे खुला मञ्चमा विशेष रुपमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो । सभा सुरू हुनुअघि ‘विप्लव’ माओवादीले कालीमाटी, कुपण्डोल, बबर महल र लैनचौरबाट जुलुस निकाल्नेछ ।

आफ्ना जनस्वयं सेवकमार्फत सभालाई र जनप्रदर्शनलाई व्यवस्थित गरिने नेकपा माओवादीका नेता मल्लले बताउनुभयो । ‘जनप्रदर्शन र सभालाई जनस्वयं सेवक साथीहरूले व्यवस्थित गर्नु हुनेछ’, उहाँले भन्नुभयो ।

एकीकृत माओवादीसहितका साना माओवादी पार्टीहरूले बबरमहलस्थित पाटी प्यालेसमा कार्यक्रम गर्दैछ । तर, ‘विप्लव’ माओवादीले भने खुला मञ्चमा विशेष कार्यक्रम गर्दैछ ।