काठमाडौं, ६ जेठ । रोजगारीका लागि कतार पुगेका पर्सा जिल्लाको ठोरी– ७ निवासी ३८ वर्षीय तिलकप्रसाद बास्कोटालाई प्रहरीले उद्दार गरी स्वदेश फिर्ता गराउन सफल भएको छ ।
२०७२ साल चैत १६ गते काठमाडौंको सामाखुसीस्थित सनलाईट मेनपावरमार्फत बास्कोटा कतारको स्टाईलस ट्रान्सपोर्टेसन कम्पनीमा सवारी चालकमा रोजगारको सिलसिलामा गएका थिए ।
बास्कोटाले सम्झौता पत्रमा भने अनुसारको तलवलगायतका सेवा सुविधा नपाएको, गैरकानुनी रुपमा कम्पनीमा काम लगाएको, खान बस्न समेत समस्या भएकोभन्दै जीवन रक्षा गरी नेपाल फिर्ता गराई पाउँ भनी महानगरीय अपराध महाशाखामा फोन गरेका थिए ।
महाशाखाको हटलाईनमा बास्कोटाले २०७३ साल वैशाख २२ गते टेलिफोनद्वारा जानकारी गराएपछि प्रहरीले उद्दारका लागि पहल थालेको थियो ।
अपराध महाशाखाको विशेष पहलमा कतारस्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बास्कोटालाई वैशाख ३१ गते उद्दार गरी नेपाल ल्याइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया