कालिकोट, ६ जेठ । सुन्दर र संम्बृद्ध कालिकोटको कल्पना गरेर कालिकोटका युवाहरुले सुन्दर कालिकोटको अभियानमा लागेका छन् ।
कालिकोटका बिभिन्न राजनीतिकमा आस्था राख्ने युवाहरुको अगुवाईमा अव कालिकोटलाई सुन्दर र समृद्ध बनाउने भएका छन् । गत वैशाख २७ गते कांग्रेस नेता भुपेन्द्रजंग शाहीको अध्यक्षयातमा र जिल्ला अदालत कालिकोटका न्याधीस केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले अव कालिकोटलाई समृद्ध बनाउने भन्ने कुराको बहस व्यापक गरेको थियो ।
त्यही बहस अनुरुप कालिकोट जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि राजनीतिक दलका अगुवा नागरिक समाजका प्रतिनिधिहरु संयुक्त रुपमा यो अभियानमा जागेका छन् ।
जल, जडिबुटी, पर्यटन, कृषि र संस्कृति हाम्रो पहिचान, सुन्दर कालिकोट समृद्ध कालिकोट हाम्रो अभियान भन्ने नाराका साथ सुरु गरिएको सुन्दर र समृद्ध कालिकोटको अवधारणमा अवको केही वर्ष भित्र कालीकोटलाई फरकपनमा देखाउनको लागि कालिकोटका युवाहरु लागि परेका छन् ।
कांग्रेस नेता भुपेन्द्रजंग शाहीले समृद्ध कालिकोट पार्टी गत फोरम नभै यो स्वतन्त्र नागरिक संस्थाका रुपमा थालिएको अभियानमा सबैको साथको उपेक्षा गरेको बताउनुभयो । एक थप प्रसंगमा उहाँले भन्नु भयो कर्णाली अञ्चलको विकट जिल्ला कालिकोट अर्थात देशकै कान्छो जिल्ला भनि चिनिएको कालिकोटलाई अवको केही वर्ष भित्रै पर्यटकीय स्थलको रुपमा घोषणा गर्ने अभियानले आफु लागि परेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार जयकृष्ण संज्यालले आफुले अबको युवाहरुले समालको कालिकोट हेर्न चाहेको बताउनु भयो ।
















प्रतिक्रिया