८ कार्तिक २०८३, आइतबार

सुक्ष्म अनुसन्धान गर्दै पूर्व राजा ज्ञानेन्द्र, यस्तो छ गोप्य तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ex-King-Gyanendra-Shahaकाठमाडौं, ६ जेठ । हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र ल्याउने भन्दै गएको दोस्रो संविधानसभा चुनावमा राम्रो मत ल्याएको कमल थापा नेतृत्वको राप्रपा नेपालले सिद्धान्त भुलेर बामपन्थीहरूसँग सत्ताको गठबन्धनमा लागेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह भने स–परिवार धार्मिक भ्रमणमा निस्किएका छन् ।

गतसाता पूर्व राजा शाह आफ्नी पत्नी कोमल, बुहारी हिमानी र नाति, नतिनालाई लिएर नुवाकोट गएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

नुवाकोटमा उनले बिदुरस्थित भैरबी माताको पुरानो मन्दिरको दर्शन गर्नुका साथै स्थानीयसँग भलाकुसारी गरेका थिए । सो क्रममा पूर्व राजा शाहको पक्षमा स्थानीयले जयजयकार गरेका थिए ।

धादिङ हुँदै पूर्व राजा जेठ १ गते नुवाकोट पुगेका थिए । त्यहाँ उनले राजदरबार समेत अबलोकन गरे । साथै, दरबार परिसरमा अबस्थित भैरबी माताको मन्दिरमा पूजा आजा र दर्शन गरेर बिदुर नगरपालिकास्थित रुद्रेश्वोर महादेवको मन्दिर र बट्टार नगरपालिकास्थित श्री रामको मन्दिरमा समेत पूजा आजा तथा दर्शन गरेका थिए ।

पूर्व राजपरिवारको स्वागतमा जम्मा भएका नुवाकोटीहरूले राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, यो देश बचाउन राजा आउनु प¥यो ज्ञानेन्द्र सरकार, ज्ञानेन्द्र सरकार– जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

आफ्नो पक्षमा नारावाजी लगाएको सुनेपछि पूर्व राजा र पूर्व राजपरिवारका सदस्यहरूले कुनै प्रतिक्रिया दिएनन् । बरु हात जोडर नमस्कार मात्रै गरे ।

जनताको स्वावगत पाएर पूर्व राजपरिवार मुस्कुराएको थियो । नुवाकोटको भ्रमणपछि पूर्व राजा परिवारसहित काठमाडौं फर्किसकेका छन् । भारत भ्रमण गएर रातारात फर्किएका पूर्व राजाले अब आफ्नो गतिविधिलाई जनता समक्ष सुक्ष्म रुपले लैजान चाहेको स्रोतको भनाइ छ ।