१ कार्तिक २०८३, आइतबार

एक करोड लागतमा सशस्त्र प्रहरीको भवन निर्माण हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apf-jhapa-bhawan

– राजकुमार ओली
झापा, ५ जेठ । स्थानियवासीको सक्रियतामा सशस्त्र प्रहरी बलको १ करोडको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ ।

सशस्त्र प्रहरी बल सुरुक्षा बेश क्याम्प शनिश्चरेको लागि दाताहरुले निःशुल्क ५० लाख रुपैयाको ५ कठ्ठा जमिन उपलव्ध गराएपछि स्थानीयको सक्रियतामा १ करोड रुपैयाँको लागतमा निर्माण गर्ने योजनाको साथ आज बुधवार भवन शिलान्यास गरिएको हो ।

शनिअर्जून नपा १ स्थित शनिश्चरेमा निःशुल्क प्रदान गरिएको जमिनमा दाता परिवारका आमाहरु देवकुमारी बुढाथोकी र रनमाया लुइँटेलले संयुक्त रुपमा भवनको शिलान्यास गरे ।
शनिश्चरे बजारबाट १ किलोमिटर भित्र रहेको जमिन निःशुल्क प्राप्त भएपछि भाडामा बस्दै आएको सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प शनिश्चरेको टोली समेत आफ्नो भवनमा बस्ने पाउने भएको क्याम्पका प्रमुख तथा प्रहरी नायव उपरीक्षक बहादुर सिह थापाले जानकारी दिए । धेरै स्थानमा अझै पनि भाडामा बस्दै आएको सशस्त्र प्रहरीको टोलीले यो भवनको सक्दो सदुपयोग गर्ने बताए ।

५२ जनाको दरबन्दी रहेको बेश क्याम्पले झापाको चारआलीदेखि कन्काइ पुलसम्म तथा उत्तरी झापाको इलामदेखि विर्तामोड हुँदै गरामनी सम्मको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ ।

हाल भाडामा विर्तामोडस्थित विराटज्योति बोडिङ स्कुलको खाली भवनमा बसेर सुरक्षा गर्दै आएको सशस्त्र प्रहरीले उक्त भवन खाली गर्नुपर्ने भएकोले निकै तनावमा रहदै आएको थियो ।