२५ कार्तिक २०८३, बुधबार

चीनबाट आयो नयाँ खबर- काठमाडौंका लागि छुटेको रेल केरुङ आइपुग्यो (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rail-China

काठमाडौं, ५ जेठ । उत्तरी छिमेकी चीनबाट काठमाडौंका लागि छुटेको रेल पाँच दिनमै तिब्बतको सिगात्सेहुँदै हुँदै नेपालसँग सीमा जोडिएको गेलुङसम्म आइपुगेको छ ।

नेपालका लागि चाँहिने सामानहरु बोकेर आएको रेलले ल्याएका कार्गाे कन्टेनर त्यहाँको जिलोङ पोर्ट (केरुङ)मा झारिएको छ । त्यहाँ झारिएका कन्टेनरलाई नेपाली ट्रकमार्फत काठमाडौं ल्याउन लागिएको छ ।

china-Cigaathce-tibbat-Rail-nepali-kontenar-2

रेलबाट ल्याइएका सामग्रीहरु नेपाली ट्रकले लोड गरिरहेको तस्वीरहरु चीनको प्रसिद्ध पत्रिका पिपुल डेली चाइनाले सार्वजनिक गरेको छ ।

यसअघि यी सामग्रीहरु चीनबाट भारत जान्थे र त्यहाँबाट ४५ दिनमा नेपालको राजधानी काठमाडौं आइपुग्थे । अब चीनले उत्तरपश्चिम गान्सु प्रान्तको राजधानी लान्झाउबाट नेपालका लागि भनेर (लान्झाउ, सिगात्से, काठमाडौं) अन्तर्राष्ट्रिय रेल सेवा सुरु गरेको छ ।

वैशाख ३० गते लान्झाउबाट झुटेको रेल मंगलबार (हिजो) विहानै सिगात्से आइपुगेको चिनियाँ पत्रिकाको समाचारमा उल्लेख छ । यो रेलले ल्याएका सामग्रीहरु अब १० दिनमै सिधै काठमाडौं आइपुग्नेछन् ।

china-Cigaathce-tibbat-Rail-nepali-kontenar-3

हालै सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले चीनसँग पारवाहन सम्झौता गरेको थियो । सोही सम्झौतामा टेकेर चीनले नेपालका लागि रेल पठाइदिएको हो ।

प्रधानमन्त्री ओलीले केरुङदेखि काठमाडौं जोड्ने रेलमार्ग बनाउने घोषणा गरिसकेका छन् । यो मार्ग बनेपछि चिनियाँ रेल सिगात्सेदेखि केरुङ हुँदै काठमाडौं सिधै काठमाडौं आउनेछ ।

china-Cigaathce-tibbat-Rail-nepali-kontenar-5

चाइना रेल्वे कन्टेनर कर्पाेरेशनका अनुसार लान्झाउबाट हिडेको चिनियाँ रेलले सिगात्सेसम्म पुग्न २४३१ किलोमिटर पार गर्नुपर्छ । त्यहाँबाट सडक मार्गमार्फत ५६४ किलोमिटरको यात्रा पुरा गरेर उक्त सामग्रीलाई जिलोङ पोर्ट (केरुङ)सम्म ल्याइनेछ । त्यहाँबाट नेपाली कन्टेनरले १६० किलोमिटर पार गरेर काठमाडौं ल्याउनेछन् ।

यो रेलले ४३ वटा डिब्बा र ८६ वटा कार्गाे कन्टेनरमा सामग्री बोक्छ । कन्टेनरले दैनिक उपभोग्य, हार्डवेयर, प्रविधि लगायत विभिन्न सागम्री बोक्ने चाइना रेल्वे कन्टेनर कर्पाेरेशनले जनाएको छ ।

china-Cigaathce-tibbat-Rail-nepali-kontenar china-Cigaathce-tibbat-Rail-nepali-kontenar-1   china-Cigaathce-tibbat-Rail-nepali-kontenar-4  china-Cigaathce-tibbat-Rail-nepali-kontenar-6 china-Cigaathce-tibbat-Rail-nepali-kontenar-7