काठमाडौँ, ५ जेठ । ‘भाग साले कुत्ता यहाँबाट भाग…!’ सोच्नुस त, यस्तो संवाद बोल्ने मान्छे कसतो होला ? नेपाल सरकारको क्याबिनेटको फुलमन्त्रीले आफनै घरमा, अरुलाई होइन, आफैंले जन्माएर हुर्काएको छोरालाई कुत्ता भन्दै घरबाट धपाउन बोलेको बोली ।
अहिलेको सरकारमा यस्ता धुन्धुकारी मन्त्री को होलान ? भन्नै पर्दैन, विश्वेन्द्र पासवानबाहेक अरुले यस्तो गर्नै सक्दैन ।
पासवानले यसरी छोरालाई कुत्ता भन्ने स्थितिचाहिँ युवतीका कारण आयो । ५० कटेका विश्वेन्द्रले छोरा सन्तोषलाई गत शनिबार गौशालास्थित घरमा छिर्न नदिनू भनि त्यहाँ राखिएका सुरक्षाकर्मीलाई भन्दै थिए ।
‘यो मन्त्रीको क्वार्टर हो, यहाँ मन्त्रीले भनेका मान्छे मात्रै बस्न पाउँछ । भन्दै उनले सन्तोषलाई प्रवेश निषेधको उर्दी हाँकेका हुन् ।
हिजोआज विश्वेन्द्र अर्कीसँग लागेका छन् । बारा, जितपुरकी २५ वर्षीया तारकुमारी रामलाई उनले पार्टीको केन्द्रीय सदस्य मात्रै बनाएका छैनन्, घरकी कान्छी पत्नीका रुपमा पनि अपनाउने भएका छन् ।
यसका लागि जेठीपत्नी र त्यतातिरका सन्तासँग दिनदिनै कचकच पर्न थालेको हो । अहिलेसम्म तारालाई घरमै त लगको छैनन् । तर, बाहिर घुम्न जाँदा र काठमाडौंकै विभिन्न स्थानमा उनीसँग रात काट्ने गरेका छन् । जनआस्था साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया