८ कार्तिक २०८३, आइतबार

कांग्रेसमा देउवाको अर्काे तयारी, चीनकाजीको ठाउँमा रमेश आउने निश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sherbahadur deubaकाठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पार्टी संगठन सुदृढीकरण र अपूर्ण समितिहरुलाई पूर्णता दिनका निम्ति आन्तरिक गृहकार्यमा जुट्नुभएको छ ।

पार्टीमा उपसभापति, महामन्त्री र सह–महामन्त्री मनोनयन गर्न बाँकी छ भने मनोनयनद्वारा पूर्ति गर्नुपर्ने १४ केन्द्रीय सदस्य पद पनि रिक्त रहेको छ ।

सभापति देउवाले पदाधिकारी र सदस्यहरुमा चयन गर्नुपर्ने सम्भावित व्यक्तिहरुबारे परामर्श सुरु गर्नुभएको बुझिएको छ ।

यसैगरी सभापति देउवाले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने गृहकार्य पति यतिबेला नै गर्दै हुनुहुन्छ । संसदीय दलको मुख्य सचेतकमा चीनकाजी श्रेष्ठले निर्वाह गरेको भूमिकालाई लिएर धेरैले असन्तुष्टि जनाएको हुनाले श्रेष्ठलाई धन्यावाद दिन देउवामाथि दबाब परिरहेको छ ।

मुख्य सचेतकको निम्ति अधिकांशले रमेश लेखकको नाम लिएका छन् र श्रेष्ठलाई बिदा दिइएपछि सो स्थानमा लेखककै चयन हुने निश्चितप्रायः छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।