२५ कार्तिक २०८३, बुधबार

सिंहदरबार–बालुवाटार घेराउ गरेको गठबन्धनले देशै हल्लाउन ल्यायो नयाँ कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-Gathabandhan

काठमाडौं, ५ जेठ । मधेसी मोर्चासहितका राजनीतिक दल आबद्ध २९ दलीय संघीय गठबन्धनले जेठ १७ गतेसम्मका लागि विकेन्द्रित आन्दोलन तयार पारेको छ ।

काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको संघीय गठबन्धनको बैठकले भोलि जेठ ६ गतेदेखि नै सुरू हुने गरी जेठ १७ गतेसम्मका लागि विभिन्न कार्यक्रम तयारी पारेको हो ।

नयाँ कार्यक्रम अन्तर्गत विरोधसभा, -याली, कोणसभा, प्रदर्शन, अन्तरक्रिया, प्रचारात्मक कार्यक्रम, पम्प्लेटिङलगायतका रहेका छन् ।कार्यक्रम राजधानीका साथै जिल्लामा पनि हुने छन् ।

दुई दिन सिंहदरबार र एक दिन प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना तथा घेराउ गरेको संघीय गठबन्धनले आफ्ना कार्यक्रमलाई आज दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा कोणसभा गरेर सार्वजनिक गरिनेछ ।

यस्ता छन् आन्दोलनका कार्यक्रमहरुः
– काठमाडौंमा १५ गतेसम्म
– पानीट्याङकीमा धर्ना, विरोध सभा
– भोलि मंगलबजार, पर्सी बनेश्वर, ८ गते स्वयम्भू, ९ गते चाबहिल,
१० गतेपछि १५ गतेसम्म सूर्यबिनायक, भक्तपुर, बालाजु, कलंकी, कीर्तिपुरमा विरोध र र्याली निकाल्ने ।
१६ गते वीरगञ्जमा विरोध सभा र्याली,
१७ गते पोखरामा ।

Press Release of federal alliance 5 jethPress Release of federal alliance 5 jeth2