८ कार्तिक २०८३, आइतबार

समयमा थेसिस नसक्ने विद्यार्थीलाई त्रिविले ठेगान लगाउने !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tribhuwan-University_Logo T.U.काठमाडौं, ५ जेठ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तहको निर्धारित समयमा थेसिस (शोध) नसकेका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट रोक्का गरेको छ ।

चैत मसान्तपछि शोधको भाइभा भएर ट्रान्सक्रिप्ट लिन बल्खु भएका विद्यार्थी निराश भएर फर्किने गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

परीक्षा नियन्त्रक केशव बास्तोलाले ०६२ सालपछि भर्ना भएका र समयभित्र थेसिस नगरेकाहरूको ट्रान्सक्रिप्ट रोक्का गरेको बताए ।

त्रिविको प्राज्ञिक परिषद्ले ०७२ चैत मसान्तको समय दिएको र त्यसपछि भाइभा हुनेहरूको ट्रान्सक्रिप्टको ‘भ्यालिडिटी’ नहुने भएकाले रोक्का गरेको बताए ।

०७३ चैत मसान्तसम्म समय दिन प्रस्ताव

परीक्षा नियन्त्रण कार्यालयले ०७३ चैत मसान्तसम्मको समय दिन प्रस्ताव गरेको छ । नियन्त्रक बास्तोलाले परीक्षा बोर्डले ०६२ सालपछि भर्ना भई समयमा थेसिस नसक्ने विद्यार्थीलाई ०७३ चैतसम्मको समय दिन प्रस्ताव गरेको र त्यसमा प्राज्ञिक परिषद्ले निर्णय नगरेसम्म कुनै काम नहुने बताए ।

‘विद्यार्थीले हामी ट्रान्सक्रिप्ट हात पार्न पाए हुन्थ्यो जस्तो गर्छन्, तर बल्खुले अहिले दिए पनि त्यो भ्यालिड हुँदैन, प्राज्ञिक परिषद्को निर्णय कुर्नैपर्छ,’ उनले भने । परीक्षा बोर्डले प्रस्ताव पठाइसकेपछि प्राज्ञिक परिषद्को बैठक बसे पनि सो विषय एजेन्डामै प्रवेश गरेन ।

पनिका र डिन अन्योलमा

विद्यार्थीको शैक्षिक समस्याका विषयमा त्रिविको प्राज्ञिक परिषद्ले निर्णय गर्नुपर्ने भएकाले पनिका र डिन कार्यालयहरू समेत अन्योलमा परेका छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. चिन्तामणि पोखरेलले समस्याको समाधान प्राज्ञिक परिषद्ले मात्र दिने बताए ।