काठमाडौं, ५ जेठ । राजधानी केन्द्रित आन्दोलन सुरू गरेको मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनको बैठक बसिरहेको छ ।
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा जारी बैठकमा आन्दोलनको थप कार्यक्रमका विषयमा छलफल हुनेछ ।
आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले १०–१५ दिनलाई ध्यानमा राखेर आन्दोलन ल्याउन तयारी भएको बताउनुभयो ।
संघीय गठबन्धनले आफ्नो आन्दोलनलाई राजधानी केन्द्रित राख्ने वा जिल्लामा लैजाने भन्ने विषयमा पनि निर्णय गर्नेछ ।
सिंहदरबार दुई दिनसम्म घेराउ गरेको संघीय गठबन्धनले एक दिन बालुवाटारमा धर्ना दिएको थियो ।












प्रतिक्रिया