८ कार्तिक २०८३, आइतबार

तिव्वतीयन क्याम्पबाट यसरी हुँदैछ ठूलो धन्दा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Zamba-bhoteकाठमाडौं, ५ जेठ । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै आफ्नै मामालाई ८ लाख रुपैंयाँ ठगेको आरोपमा जम्बा भोटे पक्राउ परेका छन् ।

ललितपुरको तिव्वतीयन क्याम्पमा बस्ने भोटेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

महाशाखाका अनुसार उनले सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई विभागको असइमा जागिर लगाइदिने भन्दै राईबाट ४ लाख ५० हजार र मगरबाट २ लाख रुपैयाँ रकम लिएका थिए ।

साथै सहोदर मामा जुम्प लेम्डुक भोटेको सालो वाड्डा भोटेलाई सरकारी जागिर दिलाई दिने भनी आफ्नै मामाबाट ८ लाख रुपैयाँ लिएका थिए ।

उनले वाड्डा भोटेलाई सरकारी जागिर लगाइदिने भन्दै खर्चका लागि आफ्ना मामा जुम्प लेन्डुक भोटेसँग ८ लाख रुपैंयाँ लिएर ठगी गरेको महाशाखाले जनाएको छ ।