काठमाडौं, ४ जेठ । राजधानी केन्द्रीत आन्दोलन सुरु भएपछि जोरतोरका साथ सिंहदरबार घेराऊ गर्न कस्सिएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विरामी परेका छन् ।
दुई दिन सिंहदरबार घेराउ गरेका महतो तेस्रो दिन आज विरामी परेका हुन् । विरामी भएकै कारण आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्ने कार्यक्रममा उनी उपस्थित हुन सकेनन् ।
सिंहदरबार घेराउन गर्दा उनले दक्षिण गेटको कमाण्ड सम्हालेका थिए । सदभावना पार्टीका महासचिव मनीष सूमनले महतो विरामी परेको र घरमै आराम गरिरहेको जानकारी दिए ।
उनलाई डाक्टरले घरमै उपचार गरिरहेका छन् । यसअघि विराटनगरमा प्रहरीसँग भएको झडपमा महतो निकै सख्त घाइते भएका थिए । त्यसपछि उनले दिल्लीमा एक महिनासम्म उपचार गरेका थिए ।












प्रतिक्रिया