२५ कार्तिक २०८३, बुधबार

आन्दोलनकारीको डरले ओलीले बालुवाटार छाडे: आङकाजी शेर्पा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ang Kaji Sherpa

काठमाडौं, ४ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनको घेराउ कार्यक्रमको डरले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेको आरोप लागेको छ ।

संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले बालुवाटार घेराउ गर्न पुगेका आन्दोलनकारीको डरले प्रधानमन्त्री ओली भागेको आरोप लगाएका हुन् ।

गठबन्धनले अहिले पनि बालुवाटार घेराउ गरिरहेको छ । केहीबेर अघि प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ । झडपमा प्रहरी र आन्दोलनकारी गरी ५० जना घाइते भएको अनुमान गरिएको छ ।

यही समयमा आङकाजीले सामाजिक सञ्जाल भिडियो समेत राखेर ओलीले बालुवाटार छाडेको बताएका दाबी गरेका हुन् ।

andkang-statushangkang-statush-1