काठमाडौं, ४ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ ।
आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको गठबन्धनले मंगलबार बालुवाटार घेराउ गर्ने क्रममा सामान्य झडप समेत भएको छ । झडपमा दर्जनौं आन्दोलनकारी र एक दर्जनबढी प्रहरी समान्य घाइते भएका छन् ।
बालुवाटार घेराउ गर्न भाटभटेनीबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि धकेलधाकल हुँदा झडप भएको थियो । संविधान खारेजीको माग गर्दै गठबन्धनले यही जेठ १ देखि राजधानीकेन्द्रीत आन्दोलन सुरु गरेको छ ।
यता गठबन्धनले बालुवाटार घेराउ गर्ने भनेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र बढाएर आन्दोलनकारीलाई परै रोक्न खोजेको छ ।














प्रतिक्रिया