८ कार्तिक २०८३, आइतबार

प्रचण्डको टाउकोमा लोकमानको तरबार !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LokMan-Singh-Karki

काठमाडौं, ४ जेठ । संविधान नबन्दासम्म पर्ख र हेरको अवस्थामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधान बनेपछि भ्रष्टाचारविरुद्ध आक्रमक हुने संकेत आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले गरेका छन् ।

सूर्यनाथ उपाध्यायको अवकाशपछि लामो समयसम्म निस्कृय रहेको आयोगले ‘नवसामन्त’लाई अनुसन्धानको पहिलो सूचीमा राखेको छ । एमाओवादी सांसदमाथि ९ करोड ४४ लाख ७२ हजार बराबरको मुद्दा दायर भएको छ । आयोग सुत्रका अनुसार अहिलेपनि दिनहुँ सयभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने गरेका छन् । यसरी हेर्दा देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको संकेत हुन्छ ।

गतसाता राजधानीमा आयोजित एक कार्यक्रममा प्रश्न सोधियो–तपाईलाई अख्तियारको प्रमुखमा नाम सिफारिस गर्ने पार्टी र तिनका नेताविरुद्ध नक्कली लडाकुको नाममा अर्वौ रुपैयाँ भ्रष्टाचार गरेको उजुरी परेको छ, यस विषयमा तपाई के भन्नुहुन्छ ?

कार्कीले हाँस्दै जवाफ दिए–मेरो नाम प्रस्ताव गर्ने एउटा प्रक्रिया थियो होला । तर, म प्रमुख आयुक्त नियुक्त भइसकेपछि पदीय जिम्मेवारी र दायित्वबाट पछाडि हट्न मिल्दैन । भ्रष्टाचार गर्ने जो सुकै होस्, तिनीहरु कानुनको दायरामा तानिने छन् ।

कार्कीले नक्कली लडाकूको नाममा भएको भ्रष्टाचारका विषय एमाओवादी नेताहरुमाथि पनि निगरानी भइरहेको र प्रचण्ड पनि घेरामा रहेको संकेत गरे । दृष्टि साप्ताहिकमा समाचार छ ।