कञ्चनपुर, ४ जेठ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीले शुल्क लिएर पनि भ्रमण नलेको भन्दै व्यवस्थापन विभागका प्रमुख यज्ञराज पाठक सहित पाँच प्राध्यापक कर्मचारीहरुलाई कार्य कक्षमा थुनेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन विभाग अन्र्तरगत बीबीए सातौँ सेमिष्टरका विद्यार्थीले मंगलबार बिहान बजे व्यवस्थापन विभागका प्रमुख पाठकको कार्यकक्षमा तालाबन्दी गरेर उनीहरुलाई भित्रै थुनेका हुन् ।
औद्योगिक शैक्षिक भ्रमण शुल्क लिएपनि विश्वविद्यालयले भ्रमण नलगेको भन्दै अन्तिम अवस्थामा तालाबन्दी गरेर प्रमुखलाई थुनेको विद्यार्थीले बताएका छन् ।
सातौँ सेमिष्टरका प्रकास भट्टले शैक्षिक औद्योगिक भ्रमणका लागि प्रतिविद्यार्थी २८ हजार रुपौँया तिरे पनि सम्बन्धी पक्षले भ्रमण लग्न आनाकानी गरेको बताउनुभयो ।
पाठ्यक्रममा औद्योगिक भ्रमण जाने कार्यक्रम भएकाले हामीहरुले प्रति सेमिष्टर रु ४ हजार उठाएको उनले बताए ।













प्रतिक्रिया