२५ कार्तिक २०८३, बुधबार

दोलालघाटको इन्द्रावति नदीमा तीन बालक वेपत्ता, दुईको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काभ्रे, ३ जेठ । काभ्रेमा पौडी खेल्ने क्रममा डुबेर तीन बालक वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वेपत्तामध्ये दुई बालकको शव फेला परेको छ ।

सोमबार अपराह्न दोलालघाटको इन्द्रावती नदीमा पौडी खेल्न गएका ११ वर्षीय सञ्जीव ठकुरी, १० वर्षीय मनोज पहरी र १३ वर्षीय नविन ठकुरी वेपत्ता भएका हुन् । ती मध्ये सञ्जीव र मनोजको शव फेला परेको प्रहरीले जनाएको छ ।

१३ वर्षीय नविन अझै वेपत्ता छन् । उनको खोजी भइरहेको छ ।