१ कार्तिक २०८३, आइतबार

अरुण काबेली हाइड्रो पावरको सेयरका लागि अावदेन खुला, २५ मेगावाट क्षमता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arun Nadi Riverताप्लेजुङ, ३ जेठ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा निर्माणको चरणमा रहेको अरुण काबेली हाइड्रो पावर कम्पनीले ती दुबै जिल्लाका आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ ।

यहाँका प्रभावित स्थानीयवासीका लागि १५ करोड बराबरको १५ लाख कित्ता सेयर निस्कासन गरिएको हो । जिल्लाका साब्लाखु, सिनाम, थुम्देन, चाक्सिबोटे तथा पाँचथरका नागी, थर्पु, अमरपुर गाविसमा कम्तीमा पाँच वर्षदेखि बसोबास गर्दैआएकाहरुले सेयरका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १ सय अङ्कित मूल्यको सेयरमा आजदेखि जेठ १७ गतेसम्म आवेदन दिन सकिने जलविद्युत् आयोजनाका डिल्ली सुवेदीले जानकारी दिए। न्यूनतम पाँच हजारदेखि १० लाख रुपैयाँसम्म सेयरका लागि आवेदन दिन पाइने छ । यसपछि पुनः कम्पनीले अन्य सर्वसाधारणका लागि समेत २० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर आह्वान गर्ने सुवेदीको भनाइ छ ।

कम्पनीको कुल एक अर्ब ५० करोड अधिकृत पुँजी रहेको र सो पुँजीलाई १०० रुपैयाँका दरले एक करोड ५० लाख सेयरमा विभाजन गरिएको छ । पच्चिस मेगावाट क्षमताको काबेली बी परियोजना ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा आर्थिक वर्ष २०७०/७१ देखि निर्माणका क्रममा रहेको छ । रासस