८ कार्तिक २०८३, आइतबार

फास्ट ट्रयाकबारे सरकारको नयाँ निर्णय ! ‘भारतीय दलालहरु’ निराश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fast-Track-1काठमाडौं, ३ जेठ । सरकारले स्वदेशी लगानीबाटै काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब रुपैयाँसम्म बजेट विनियोजन गर्ने भएको छ ।

सरकारले यो निर्णयसँगै राष्ट्रिय गौरवको यो आयोजना ओगटेर चर्को मूल्य उठाउने भारतीय व्यवस्थापन कम्पनीको योजना विफल हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागमार्फत आयोजना अघि बढाउने गरी नयाँ बजेटमा छुट्टै कार्यक्रम तयार गरिरहेको छ ।

यो निर्णयले फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिनुपर्छ भनेर लविङ गर्नेलाई थप धक्का लाग्ने निश्चित छ । कारोबार दैनिकमा समाचार छ ।