१ कार्तिक २०८३, आइतबार

सोनाक्षीको स्वागतमा सेनाका जर्नेल काण्ड दिल्लीसम्म पुग्यो, भारतीय मिडियामा गज्जबको हेडलाइन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल खटिएको विषय दिल्लीसम्म पुगेको छ ।

यो विषयलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका छापेका छन् । भूकम्प पीडितको सहयोगार्थ सैनिक श्रीमती संघले शनिबार आयोजना गरेको अमरपक्षी नामक कन्सर्टका लागि गत शुक्रबार सोनाक्षी काठमाडौं आएकी थिइन् । उनलाई स्वागत गर्न नेपाली सेनाका जर्नेल समीर थापासहितको टोली त्रिभुवन विमानस्थल पुगेको थियो ।

नेपालमा अहिले निकै विवादित बनेको यो विषय भारतसम्म पुगेको हो । किनकि स्वागत गरिएकी हिरोइन भारतकी थिइन् ।

सोनाक्षीलाई स्वागत गरेको विषयमा प्रधानमन्त्री कार्यालयले रक्षा मन्त्रालयसँग र रक्षा मन्त्रालयले नेपाली सेना लिखित जवाफ (स्पष्टिकरण) मागेको विषय भारतका मिडियामा पनि हेडलाइन बनेको छ ।

यो विषयले दिल्लीका साथै बलिउड पनि तातिएको छ । हिजो मात्रै महानायक राजेश हमालले सामाजिक सञ्जालमार्फत सेनाका जर्नेल हिरोइनको स्वागतमा गएको विषयले नेपाली सेनाले हिनतावोध गराएको भन्दै दुःख व्यक्त गरेका थिए ।

हेर्नुस् भारतीय मिडियाको समाचारः

indian-news