२५ कार्तिक २०८३, बुधबार

दोस्रो दिनको सिंहदरबार घेराउ कार्यक्रम सुरू, प्रधानमन्त्रीको राजीनामा माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13230257_1213356298687961_5869599758994257542_n

काठमाडौं, ३ जेठ । मधेसी मोर्चासहितका २९ दल आवद्ध संघीय गठबन्धनले आज दोस्रो दिन पनि सिंहदरबारमा घेराउ सुरू गरेको छ ।

माइतीघर मण्डला र हनुमानस्थानमा गठबन्धनका कार्यकर्ता नौ बजे पुगेका हुन् । सरकारविरुद्ध चर्का नारावाजी लगाएका गठबन्धनका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका छन् ।

संविधान पुनर्लेखनको माग गर्दै आएको गठबन्धनले शक्ति प्रदर्शन गर्न सिंहदरबार घेराउको कार्यक्रम राखेको आरोप छ ।

दोस्रो दिनको सिंहदरबार घेराउको कार्यक्रममा पहिलो दिनको भन्दा केही थोरै कार्यकर्ता रहेको प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् ।

यद्यपि, संघीय गठबन्धनका नेताहरूले भने सिंहदरबार घेराउको कार्यक्रममा पहिलो दिनको भन्दा धेरै कार्यकर्ता आएको दाबी गरेका छन् ।

13221760_1213356485354609_7583950605767825105_n 13226652_1213356392021285_5235135079650027543_n