८ कार्तिक २०८३, आइतबार

पत्नीलाई गेष्ट हाउसभित्र अर्कैसँग भेटेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३ जेठ । सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत चिन्तित थिए ।

तीन वर्षको छोराको आमा रहेकी बिमली अर्कै केटासँग अफेयरमा थिइन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर निस्किए । विमलीलाई झन बाटो खुल्यो ।

तर, अच्युत हेटौंडा नगइकन आमालाई बीचबाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट बिमलीलाई फोन गरे ।

सासुको मोबाइलबाट फोन आएपछि बिमली अच्युत घर पुगेकोमा ढुक्क भइन ।

अच्युत एक–दुई दिन कोठामा नगइ बिमलीको चियोचर्चो गर्न थाले ।

प्रहरी महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्कै केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको जानकारी पाए । प्रहरीले विमलीलाई अर्कैकेटासँग समात्यो ।

ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ती युवक र विमलीसँग सोधपुछ ग¥यो । ती युवकले विवाह नगर्ने बरु ७ लाख क्षतिपूर्ति दिने बताए ।

पछि अच्युतले छोरामाथि शंका गर्दै डिएन परीक्षण गर्न माग गरे । विमलीले पति छाडेर छोरा लिएर गइन ।