८ कार्तिक २०८३, आइतबार

सिंगल इञ्जिनका जहाजले उडान भर्न पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goma-airकाठमाडौं, ३ जेठ । सिंगल इन्जिन जहाजबाट यात्रु उडानमा लगाएको प्रतिबन्ध हटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सिंगल इन्जिनका वायुसेवा कम्पनीद्धय गोमा र मकालु एयरले संयुक्त रुपमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सर्वोच्चका न्यायाधीशद्धय देवेन्द्रगोपाल श्रेष्ठ र चालेन्द्रशमशेर जवराको संयुक्तको इजलासले सिंगल इन्जिनका वायुसेवाबाट चार्टर गरी यात्रु उडाउन नपाउने गरी पर्यटन मन्त्रालयले लगाएको प्रतिबन्ध हटाउन सरकारका नाममा आदेश गरेको छ ।