२५ कार्तिक २०८३, बुधबार

संसद नियमावलीमा कुरा मिलेन, बैठक निष्कर्ष बिहीन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatarकाठमाडौं, २ जेठ । संसदको नियमावलीमा सहमति खोज्न बसेको सत्तारुढ दल र प्रमुख विपक्षी दल नेपाली कांग्रेसको नेताहरूको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको प्रमुख दलका नेताहरूको बैठकमा संसद नियमावलीमा सहमतिको प्रयास गरिएको थियो । यद्यपि, बैठकमा संसदीय सुनुवाई विशेष समितिमा रहने सदस्यहरूलाई लिएर सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सक्रियतामा आज दोस्रो पटक प्रमुख दलका नेताहरूको बैठक बसेको हो । बैठकमा कांग्रेस र एमालेले पुरानै विषय दोह-याएको थिए ।

कांग्रेसले नयाँ संविधानअनुसार विशेष समिति बनाउन प्रस्ताव गरेको छ भने एमालेले पुरानै नियमावलीअनुसार समिति बनाउनुपर्ने अडानमा छ ।