१ कार्तिक २०८३, आइतबार

कुवेतमा अलपत्र परेकी २९ वर्षीया कमलाको यसरी गरियो उद्दार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hona-Al-Kuwait

काठमाडौं, २ जेठ । रोजगारीका सिलसिलामा कुवेत पुगेर अलपत्र परेकी एक महिलाको प्रहरीले उद्दार गरेको छ ।

अलपत्र परेको सूचना पीडित महिलाका भाइले महानगरीय प्रहरी अपराध महाशाखामा दिएपछि महाशाखाको विशेष पहलमा कुबेत स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायहरु समेतको समन्वयमा उद्दार गरी शनिबार नेपाल फर्काइएको छ ।

यस्तो छ घटना बिवरणः
मिति २०७०।११।११ गते नेपालबाट बैदेशिक रोजगारीको शिलशिलामा कुबेत स्थित सब्बा सालिममा घरायसी कामदारको रुपमा काम गर्दै आएकोमा रोजगारदाताले तलब समेत नदिएको कारणले उक्त स्थानबाट भागेर अन्यत्र गई काम गरिरहेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरी २६ दिन सम्म थुनामा परेको । थुनामुक्त भए पश्चात यस अपराध महाशाखामा पिडितको भाईले जानकारी गराएकोमा जिल्ला नवलपरासी दाउन्नेदेबी (६ गंगाबस्ती स्थाई घर भई कुबेतमा घरेलु कामदारको रुपमा काम गरिरहेकी वर्ष २९ की कमला के.सी लाई यस महाशाखाको विशेष पहलमा कुबेत स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायहरु समेतको समन्वयमा उद्दार गरी मिति २०७३।०२।०१ गते नेपाल फर्काइएको ।